मैलुङ जलविद्युतको आईपीओमा २१ गुणा धेरै आवेदन, भोलिसम्म आवेदन दिन पाइने

लोकपथ
351
Shares

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओमा खुलेको २ दिनमा १ करोड ४७ लाख ६१ हजार कित्ताको लागि आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार शुक्रबार दिउँसो २ बजेसम्म १० लाख ८१ हजार ८०० जना लगानीकर्ताले १ अर्ब ४७ करोड ६१ लाख रुपैयाँबराबरको आवेदन दिएका छन् ।

यो सर्वसाधारणले आवेदन दिन पाउने ६ लाख ८४ हजार ७४६ कित्ताको २१.५८ गुणा धेरै आवेदन हो ।

मैलुङ खोला जलविद्युत कम्पनीले बिहीबार साउन १४ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले कुल ७ लाख २६ हजार २८६ कित्ता आईपीओ बिक्री खुला गरेको हो । यसमध्ये २५ अर्थात १४ हजार ७२६ कित्ता सेयर कर्मचारी र ५५ ले हुने ३६ हजार ८१४ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यो आईपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?