बहुप्रतिक्षित होण्डा सीबी ३५० आरएस अब नेपालमा

लोकपथ
3.9k
Shares

काठमाडौं। नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले बहुप्रतिक्षित होण्डाको सीबी ३५० आरएस नेपाली बजारमा आज लन्च गरेको छ ।

यस CB 350 RS ले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा होण्डा विश्वस्त रहेको कम्पनीले जनाएको छ ।

आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोनमा प्रिसियस ब्ल्याक विथ पर्ल स्पोर्टस् एलो र रेडिएन्ट रेड मेटालिक गरी २ विभिन्न रङ्गहरुमा उपलब्ध छन् ।

एडभान्स डिजिटल एनालग मिटर, डुएल च्यानल एबीएस साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज र रियल टाइम माइलेजजस्ता यस बाइकको धेरैमध्येका केही विशेषताहरु भएको कम्पनीले जानकारी दिएको छ ।

नेपाली बजारमा यस सीबी ३५० आरएस को मूल्य ७ लाख ७५ हजार तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?