चीनको एनआरएनमा रोहित अग्रवाल विजयी, महासचिवमा यादव अर्याल

लोकपथ
1.2k
Shares

काठमाडौं । गैर आवासिय नेपाली संघ चिनको ७ औं महाधिवेशनमा सम्पन्न भएको छ ।

गैर आवासिय नेपाली संघ चिनको अध्यक्षमा रोहित कुमार अग्रवाल र महासचिवमा यादव अर्याल विजयी भएका छन् ।

वर्तमान महासचिव यमबहादुर क्षत्री (ओम ज्ञवाली) र संरक्षक रोहित कुमार अग्रवाल अध्यक्ष पदको लागी चुनाबी मैदानमा उत्रिएका थिए भने महा सचिवमा यादव अर्याल र बिजय श्रेष्ठ, दुबै पदमा भारी मतले रोहित अग्रवाल र यादब अर्यालले भारी मतान्तरले विजयी हासिल गरेका छन।

रोहितले १०९ भोट प्राप्त गर्दा ओम ज्ञवालीले जम्मा ६४ भोट ल्याएका थिए भने महासचिव पदमा यादव अर्यालले १२७ भोट ल्याउँदा अर्का उम्मेदवारले जम्मा ४३ भोट ल्याएका थिए।

उपाध्यक्षमा रोहित पक्षकै निर्मल चौलागाई र विष्णु दुमरुले बिजय हासिल गरे भने महिला उपाध्यक्षमा सबिता बर्तौला निर्बिरोध भएकी छिन ।

कोषाध्यक्षमा हालका सह कोषाध्यक्ष बलराम तामाङ निर्विरोध भएका छन भने, सचिबमा बिष्णुहरी भण्डारी र राजकुमार खरेल विजयी भएका छन।

सह कोषाध्यक्षमा रबिन्द्र कुमार माली बिजयी भएका छन भने युवा संयोजकमा सुबर्ण श्रेष्ठ बिजयी भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?