खेलाडीका रूपमा देखिए प्रशिक्षक अल्मुताइरी

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी शनिवार खेलाडीका रूपमा मैदानमा देखिए।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मैदानमा भएको आन्तरिक मैत्रीपूर्ण खेलमा प्रशिक्षक अल्मुताइरी खेलाडीका रूपमा मैदानमा देखिए। हरेक साता खेलिने आन्तरिक मैत्रीपूर्ण खेलमा खेलाडीहरु नै प्रशिक्षकको भूमिकामा देखिन्छन्।

May be an image of 2 people, people standing and outdoors

शनिवार खेलिएको खेलमा भने दुई प्रशिक्षकको भुमिकामा देखिए पुजन उपरकोटी र नितिन थापा। खेलमा नितिन थापाको टोली ४-३ गोल अन्तरले विजयी भएको थियो। सो खेलमा प्रशिक्षक अल्मुताइरी नितिन थापाको टोलीबाट मैदानमा उत्रिएका थिए।

पछिल्लो समय एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसँगको विवादमा मुछिएका अल्मुताइरीले राष्ट्रिय टोलीको प्रशिक्षणको जिम्मेवारी भने त्यस पश्चात् लिएका छैनन्। गत आइतवार सामाजिक संजालमार्फत राजीनामा घोषणा गरेका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई एन्फाले केही समयको बिदा दिएको थियो।

May be an image of 2 people, people sitting and grass

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?