टोकियो ओलम्पिक: जोकोभिच फर्किए रित्तो हात, सिंगल र मिक्स्ड डबल अन्तर्गत दुवै काश्य पदक खेलमा पराजित

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष टेनिसका विश्व नम्बर १ खेलाडी नोभाक जोकोभिचको यात्रा पदक बिना टुंगिएको छ।

२० पटक ग्रान्ड स्ल्याम विजेता सर्बियाका नोभाक जोकोभिचलाई यस पटकको स्वर्ण पदक दावेदार मानिएको थियो। तर पुरुष सिंगल विधातर्फ सेमी फाइनल खेलमा पराजित भएका जोकोभिच तेस्रो स्थानको खेलमा पनि पराजित भएका छन्। जोकोभिच तेस्रो स्थान अन्तर्गत पुरुष सिंगल तथा मिक्स्ड डबल, दुवै खेलमा पराजित भएका हुन्।

पुरुष सिंगलतर्फ जोकोभिचले स्पेनका पाब्लो बुस्ता कर्रेनोसँग ६-४, ६-७ (६) र ६-३ को सेटमा पराजय भोगेका हुन्। कुल २ घण्टा ४७ मिनेटसम्म चलेको खेलमा पहिलो र तेस्रो सेटमा पराजय भोग्दै जोकोभिच पदक विहिन भएका हुन्।

त्यस्तै मिक्स्ड डबलतर्फ सर्बियाका नोभाक जोकोभिच र निना स्टोजानोभिचले वाकओभर दिंदा अस्ट्रेलियाका जोन पियर्स र एशली बार्टीले काश्य पदक जितेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?