एमाले स्थायी कमिटी बैठक बस्दै, ३ वटा एजेण्डामाथि छलफल हुने

लोकपथ
481
Shares

काठमाडौं । पार्टी एकताको प्रयासको लागि भन्दै शनिवार स्थगित भएको नेकपा(एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ ।
स्थायी कमिटी बैठक दिउँसो ३ बजे तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

आजको बैठकको कार्यसूची केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशन र पार्टी सदस्यता नवीकरण तथा वितरणको सम्बन्धमा रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?