टोकियो ओलम्पिक : पुरुष फुटबलको सेमी फाइनल समीकरण पूरा, ब्राजिल र स्पेनको दबदबा कायमै

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबल विधातर्फको सेमी फाइनल समीकरण पूरा भएको छ।

शनिवार खेलिएका क्वार्टर फाइनल खेलहरुको समापनसँगै पुरुष फुटबलमा अब अन्तिम ४ टोली बाँकि रहेका छन्। क्वार्टर फाइनल खेलमा दावेदार मानिएका ब्राजिल र स्पेनले जित दर्ता गरेका छन् भने आयोजक राष्ट्र जापान र उत्तरी अमेरिकाबाट मेक्सिको पनि अन्तिम ४ मा स्थान बनाउन सफल भएका छन्।

क्वार्टर फाइनलका नतिजा

स्पेन अण्डर २३ ५-२ आइभरी कोस्ट अण्डर २३

स्थान: मियागी स्टेडियम
९० मिनेट: २-२
अतिरिक्त समय: ३-०
(राफा मिर ह्याट्रिक)

 

जापान अण्डर २३ ४-२ न्युजिल्यान्ड अण्डर २३


स्थान: काशीमा स्टेडियम
९० मिनेट: ०-०
अतिरिक्त समय: ०-०
पेनाल्टी शुटआउट: ४-२

 

ब्राजिल अण्डर २३ १-० इजिप्ट अण्डर २३


स्थान: साइटामा स्टेडियम

 

दक्षिण कोरिया अण्डर २३ ३-६ मेक्सिको अण्डर २३


स्थान: निसान स्टेडियम

 

सेमी फाइनलका खेलहरु अगस्ट ३, मंगलवार खेलिने तालिका रहेको छ। सेमी फाइनल खेलको तालिका:

मेक्सिको अण्डर २३विरुद्ध ब्राजिल अण्डर २३
जापान अण्डर २३विरुद्ध स्पेन अण्डर २३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?