किशोर किशोरीलाई खर्च गर्न सरकारले दियो एकचालिस हजार रूपैंया

लोकपथ
0
Shares
फ्रान्सका किशोर–किशोरीलाई आफ्नो देशको कला, संस्कृतिसँग नजिक बनाउन सरकारले साढे ४१ हजार रुपैंया दिने अभियान थालेको छ ।
फ्रान्सका राष्ट्रपति इम्यानुल म्याक्रोले सारेको यो महत्वकांक्षी योजनाको अहिले चर्चा चलेको छ । राष्ट्रपति इम्यानुलले १८ वर्ष भन्दा कम उमेरका किशोर–किशोरीलाई लक्षित गरेर ल्याएको यो अभियानको रकम उनीहरूले दुई वर्ष भित्रमा खर्च गर्नुपर्ने हुन्छ । यो रकम भने सरकारले तोकेको मापदण्ड अनुसार मात्र उनीहरूले खर्च गर्न पाउने सर्त पनि राखेको छ ।
सरकारले किशोर किशोरीहरूलाई आफ्नो देशको कला संस्कृतिको बारेमा उल्लेख भएको पुस्तक र आफ्नै देशमा निर्माण गरिएको भिडियो गेम, सांस्कृतिक कार्यक्रमहरूको अवलोकन जस्ता विषयमा मात्र खर्च गर्न पाउने नियम राखेका छन् । भिडियो गेम किन्दा कुनै पनि किसिमको हिंस्रक भएको गेमहरू हुन नपाउने रहेको छ । यसका लागि किशोर किशोरीले सरकारले तोकेको ‘कल्चरल प्लस’ एप मार्फत गेम लगायत अरू कुराहरू खरिद गर्नु पर्ने प्रावधान राखिएको छ ।
लकडाउनका कारण किशोर किशोरीहरू लामो समय लगभग एकान्त जस्तै भएको कारण उनीहरूमा देशको कला संस्कृति सम्बन्धी जागरण ल्याउन यो अभियान थालेको जनाइएको छ । यो अभियानमा आबद्ध हुने किशोर किशोरीले उक्त एप मार्फत ८ हजार भन्दा बढी विभिन्न संस्थाहरू मार्फत आफ्नो सेवा लिन सक्नेछन् । यसमा फिल्म, म्युजिक कन्सर्ट, नाटक र विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि रहेको छ ।
यो अभियानमा संलग्न फ्रान्सको सांस्कृतिक मन्त्रालयले युवा अवस्थामा प्रवेश गर्न लागेका किशोर किशोरीहरूलाई आफ्नो देशको संस्कृतिसँग जोड्न सजिलो हुने र यसले प्रभाव पनि पार्ने बताएको छ । यो एपलाई राष्ट्रिय एपको रूपमा परिणत गर्न लाग्दा अहिलेसम्म ७३ प्रतिशत किशोर किशोरीहरूले यसलाई आफ्नो मोबाइलमा राखेर सांस्कृतिक गतिविधिमा रुचि देखाएका छन् । यस्तै ३२ प्रतिशत सङ्ग्रहालय गएका र भिडियो गेममा भन्दा किताब किन्नमा बढी रुचि देखाएको पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?