११ आश्विन २०७८, सोमवार

कोरोना कहरका एक आशा निर्मल कार्की लोकदृष्टि– फ्रन्टलाइनर्समा (भिडियो सहित)

२०७८,श्रावण,१६,शनिवार २१:४३


कोरोनाको दोस्रो लहरको सन्त्रासमा काठमाडौँ सुनसान हुँदा निर्मल कार्की एम्बुलेन्सको साइरन बजाउदैं सडकमा लगातार हुइँकिरहेका हुन्थे । उनले चलाएको एम्बुलेन्सको साइरनको आवाजमा कुनै बिमारीलाई नयाँ जीवन दिन अस्पताल तर्फ जाने हतारो भइरहेको जनाउने गर्थ्यो ।

कोभिड सङ्क्रमण हुँदा परिवारका सदस्यलाई समेत सहयोग गर्न हिचकिचाहट हुने अवस्थामा एम्बुलेन्स चालक निर्मल र उनको टिम निर्धक्क बिमारीलाई बोकेर अस्पताल पु¥याइरहेका हुन्थे । यो सेवा भाव दोस्रो लहरको कोरोना सन्त्रासको बेला यति धेरै बढ्यो कि उनी र उनको टिमले दैनिक २५ जना भन्दा बढी कोरोना सङ्क्रमितलाई अस्पताल पुर्‍याउनु पर्थ्यो । कार्की भन्छन्– दैनिक २० देखि २५ जना कोरोना सङ्क्रमितलाई हामीले मात्र अस्पताल पुर्‍याइरहेका हुन्थ्यौ ।

कोरोनाको दोस्रो लहरमा केबल कोरोना सङ्क्रमितको सङ्ख्या मात्र बढेन । त्यो बेला अक्सिजनको पनि व्यापक अभाव भयो । यो अभावमा धेरै बिमारीहरू घरमै छटपटाइरहेको थाहा पाएपछि उनीहरूले बिमारीहरूलाई घर घरमा निःशुल्क अक्सिजन समेत पुर्‍याउने काम गरे ।

घर र आफन्तले यस्तो जोखिम पूर्ण काम नगर्न बारम्बार अनुरोध गर्दा पनि कार्कीले मानेनन् । उनी भन्छन्– अरूको सेवा गर्न पाउँदा मलाई धेरै आनन्द आउँछ त्यही भएर यो काम छोड्नै सक्दिन । कोरोना सङ्क्रमितलाई अस्पताल लैजाने क्रममा आफूमा पनि कोरोना सङ्क्रमणको लक्षण देखियो । तर कार्कीले आफ्नो स्वास्थ्यको परवाह समेत नराखेर उपचार सहयोगमा खटिए ।

आफ्नो ज्यानको परवाह नराखेर आम मानिसको सेवामा लागेकै कारण निर्मल कार्कीलाई ‘लोकदृष्टि– फ्रन्टलाइनर्स’ को सातौँ शृङ्खलामा प्रस्तुत गरेका छौँ । कार्कीसँग ‘लोकदृष्टि– फ्रन्टलाइनर्स’ का प्रस्तोता लोखमणी त्रितालले कुराकानी गरेका छन् ।

प्रकाशित मिति: २०७८,श्रावण,१६,शनिवार २१:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पूर्वपञ्चहरूको पार्टीका रूपमा रहेको राष्ट्रिय प्रतातन्त्र पार्टी (राप्रपाको) महाधिवेशन आउँदो कात्तिक २७ देखि ३० सम्म हुँदैछ । २०४६ मा प्रजातन्त्र

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्यामा कमि आएसँगै सक्रिय संक्रमित घटेका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको शिवसताक्षी–१० मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीले जाँच गर्ने

काठमाडौं । सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरसविरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित वर्गको

ताजा समाचार

एमाले विधान महाधिवेशनको तयारी पूरा
 २०७८,आश्विन,११,सोमवार २१:५९
५० लाख धरौटी बुझाएर रिहा भए चूडामणि शर्मा
 २०७८,आश्विन,११,सोमवार २०:४५