हेलम्बुका बाढी पीडित आन्दोलित, ३५ सदस्यीय संघर्ष समिति गठन

लोकपथ
140
Shares

काठमाडौं । सरकारले बेवास्ता गरेको भन्दै सिन्धुपाल्चोक हेलम्बुका बाढी पीडितले संघर्ष समिति गठन गरेका छन् ।

बाढीबाट प्रभावित भएको डेढ महिना बितिसक्दा पनि संघीय, प्रदेश तथा स्थानीय तिनै तहको सरकारले बाढी पीडितको समस्या समाधानमा चासो नदेखाएको भन्दै बाढी पीडितले ३५ सदस्यीय संघर्ष समिति गठन गरेका हुन् । शनिवार बाढी पीडितको भेलाले भरत थापाको अध्यक्षतामा ३५ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षको जिम्मेवारी  मिङमार शेर्पा र सचिवको जिम्मेवारी अर्जुन भण्डारी लाई दिइएको छ ।

असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा बाढी आएपछि सयौँ घरपरिवार विस्थापित भएका थिए भने करोडौँको धनमालमा क्षति पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?