काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता गुमाउँदै कारबाहीमा परेका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधरले तत्काल नयाँ पार्टी नखोल्ने भएका छन् ।
पार्टीको आधिकारिकता गुमाएसँगै ठाकुर महतो पक्षले नयाँ पार्टी खोलेर अघि बढ्ने आँकलनहरु गरिएका भएपनि नेताहरुले तत्काल नयाँ पार्टी नखोल्ने निष्कर्ष निकालेका हुन् ।
शनिवार बसेको ठाकुर पक्षको कार्यकारिणी सदस्यको बैठकमा नेताहरुले तत्काल नयाँ पार्टी गठन सम्भव नभएको भन्दै जसपामै रहने विचार राखेको थिए । ठाकुर पक्षले जसपामै बसेर समानान्तर गतिविधि गर्ने भएको छ । तत्काल नयाँ पार्टी खोलेमा जसपाबाट कारबाहीमा परिने र सांसद पद पनि जाने हुनाले सो परिस्थितिको आँकलन गर्दै नयाँ पार्टी गठनको प्रक्रिया अगाडी नबढाइएको बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया