‘तुइनबाट नेपाली नागरिक खसेको घटनामा एसएसबीको संलग्नता छैन’

लोकपथ
1.2k
Shares

दार्चुला । भारतीय पक्षले महाकाली नदीमा तुुइनबाट युुवक खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको प्रतिक्रिया दिएको छ ।

शुक्रबार नेपाल पक्षले पठाएको पत्रको शनिबार जवाफ फर्काउँदै भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले घटनामा एसएसबीको संलग्नता नरहेको प्रतिक्रिया दिएका हुन् ।

दार्चुुलाका प्रमुख जिल्ला सिद्धराज अधिकारी जोशीले भने, ‘तुुइन तर्न नसकेर युुवक आफैं खसेका हुुन्। बाहिर आएजस्तो एसएसबीको संलग्नता छैन । त्यो हाम्रो उद्देश्य पनि होइन भन्नुुभएको छ।’

पत्रमा भारतीय पक्षले ‘घटना भएको बेला एसएसबी मालघाट क्षेत्रमा ड्युटीमा खटिएको कुरा साँचो भएको’ उल्लेख छ ।

‘ड्युटी गर्ने क्रममा हाम्रो एसएसबीको टोली त्यहाँ गएको हो,’ पत्रमा उल्लेख भएको कुुरा बताउँदै प्रजिअ जोशीले भने, ‘तर उहाँहरुको घटनामा कुनै खालको संलग्नता छैन ।’

घटनापछि युुवकको खोजी कार्यमा नेपाली पक्षलाई सघाउन भारतले एसएसबीको टोलीसमेत महाकाली नदीमा परिचालन गरेको जनाएको छ ।

पिथौरागढका जिल्ला अधिकारीले पठाएको पत्र प्रजिअ जोशीले शनिबार नै गृह मन्त्रालयमा पठाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?