काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले पार्टीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।
शनिबार काठमाडौंमा अखिल फोर्सद्वारा आयोजित भेलामा नेता नेपालले अध्यक्ष ओलीप्रति संकेत गर्दै जालझेल, षडयन्त्र गरेर फेरि प्रधानमन्त्री बन्न प्रयास नगर्न सचेत गराएका हुन् ।
“यो प्रतिनिधिसभा विघटन गर्ने दुस्साहस अब कसैले पनि नगरोस् । फेरि फर्केर प्रधानमन्त्री बन्छु कि भनेर जालझेल र षडयन्त्र कसैले नगरोस् । अब जे हुनेछ, पारदर्शी ढंगले हुनेछ,” उनले भने, “संविधानको संरक्षण भएको छ । संविधानको सही व्याख्या भएको छ । सर्वोच्च अदालतको फैसलाप्रति हामी सम्मान गर्न चाहन्छौँ ।”
संविधान जोगाएर नयाँ सरकार बनाएको उल्लेख गर्दै उनले सरकारलाई राम्रो काम गरेर देखाउन पनि आग्रह गरे । सही विचार आत्मसात् गरेर अघि बढ्न पार्टी कार्यकर्तालाई निर्देशनसमेत दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया