काँग्रेसका संस्थापकनै विवेकशील साझामा

सुर्खेत, २२ असोज ।वैकल्पिक राजनीतिक शक्तिको रुपमा विवेकशील साझा पार्टी स्थापना भएसँगै यो पार्टीप्रति आम नागरिकको आकर्षण बढ्दै गएको छ । सुर्खेतका पुराना काँग्रेस कार्यकर्ता भुवानी प्रसाद दाहाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन । उनी काँग्रेस सुर्खेतका संस्थापक सदस्य समेत हुन । दाहालसंगै वीरेन्द्रनगर जेसीसका बर्ष १९९५का अध्यक्ष खगेन्द्र प्रसाद दाहाल, काँग्रेस कार्यकर्ताहरु झुपलाल दाहाल, कपिल प्रसाद दाहाल, तिलकप्रसाद दाहाल र खुमप्रसाद दाहाल पनि विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन । प्रदेश नं ६ को कार्यालय वीरेन्द्रनगरमा आयोजित विशेष कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन । काँग्रेसले स्थापनाको सात दशक वितिसक्दा निष्ठाको राजनीति त्यागेको गुटबन्दीमा फसेको पटक पटक सत्ताको नेतृत्व गर्दा देश समृद्ध बनाउन नसकेकाले आँफुहरुले काँग्रेस परित्याग गर्नुपरेको नवप्रवेशी भुवानी प्रसाद दाहालले बताए ।पार्टी प्रवेश गर्नेहरुलाई पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश नं. ६ का संयोजक गेहेन्द्र प्रसाद दाहाल र जिल्ला संयोजक ओमदत्त रेग्मीले माटोको टिका लगाई सदस्यता हस्तान्तरण गरेका थिए ।विशेष कार्यक्रममामा युवा नेता निर्मल केसीलाई ६ नं. प्रदेशको संगठन विभाग प्रमुखको जिम्वेवारी समेत दिईएको थियो ।सुर्खेत क्षेत्र नं. २ का संयोजक पदम खनालले सञ्चालन गरेको कार्यक्रमलाई प्रदेश संयोजक गेहेन्द्र प्रसाद दाहाल, जिल्ला संयोजक ओमदत्त रेग्मी, प्रदेश नं६ का संगठन विभाग प्रमुख निर्मल केसी, क्षेत्र नं१ का संयोजक दीपक रेग्मी ( सुर्यदीप ) लगायतले संवोधन गरेका थिए ।आसन्न प्रदेश सभा र प्रतिनीधि सभा निर्वाचनको तिव्र तयारी थालेको विवेकशील साझा पार्टीले सुर्खेत र प्रदेश नं. ६ मा संगठन निर्माणलाई पनि तिव्रता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?