पूर्वयुवराज पारस शाहको पक्षमा प्रदर्शन

लोकपथ
903
Shares

काठमाडौँ । पूर्वयुवराज पारस शाहको पक्षमा प्रदर्शन भएको छ ।

काठमाडौँको महाराजगञ्जमा पूर्वयुवराज शाहको पक्षमा समर्थकहरुले प्रदर्शन गरेका हुन्।

शनिबार दिउँसो उनीहरुले पारस शाहमाथि प्रहरीले ज्यादती गरेको भन्दै प्रदर्शन गरेका हुन् ।

शुक्रबार राती हेल्मेट नलगाई मोटरसाइकल चलाएका शाहलाई प्रहरीले समात्न खोजेको थियो । त्यसक्रममा उनले विवाद गरेपछि प्रहरीले पछि सम्झाएर छाडेको थियो ।

पूर्वयुवराज शाह र प्रहरीबीच भएको विवादको भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?