खाली पेटमा डिटक्स ड्रिंक्स पिउँदा कस्तो हुन्छ फाइदा

लोकपथ
260
Shares

लकडाउनले गर्दा हामीलाई घर बाहिर खासै निस्कन दिएन । जसको कारण मर्निङ वाक, जिम, एरोबिक, जुमा जस्ता शारीरिक कसरतहरू ठप्प भयो । कसरत गर्ने उपायहरू बन्द त भए, अझ वर्क फ्रम होम र अनलाइन एजुकेसनले गर्दा मानिसहरूलाई झनै एकै थलोमा घन्टौसम्म बस्नु पर्ने बनायो ।

शरीरलाई धेरै आराम भएको कारण अहिले हाम्रो शरीर पहिलाको जस्तो फुर्तिलो छैन भने शरीरमा मोटोपन पनि बढी रहेको छ । अल्छी शरीर भएको कारण हामीले बिहान भरपुर कुनै पनि किसिमको कसरत गर्न सकिरहेका छैनौँ । तर शरीर फुर्तिलो भइदिए हुन्थ्यो भन्ने चाहना भने राख्ने गरेका छौँ ।

शरीरलाई फुर्तिलो बनाउन बिहान खाली पेटमा डिटक्स ड्रिंक्स पिउने गर्नु भयो भने तपाई भरदिन शरीर फुर्तिलो भएको महसुस गर्न सक्नुहुन्छ । यो ड्रिंक्सको नियमित सेवनले शरीरलाई फुर्तिलो मात्र नगरेर अनुहारमा चमक समेत ल्याउने गर्छ ।

डिटक्स ड्रिंक्स स्याउ, चुकन्दर र गाजरको बनाउँदा सर्वाधिक उत्तम मानिन्छ । यो फलमा एन्टिअक्सिडेन्टको मात्रा प्रशस्त हुन्छ । अनुसन्धान अनुसार चुकन्दरमा फाइटो केमिकल प्रचुर मात्रामा रहेको हुन्छ । यो बाहेक यसमा एस्कार्बिक एसिड, फेनोलिक एसिड पनि रहेको हुन्छ । यस्तै स्याउमा विभिन्न भिटामिन, जिङ्क र पोषक तत्त्वहरू रहेको हुन्छ । गाजरमा भिटामिन ए र ईको मात्रा प्रचुर मात्रामा हुन्छ र यसमा पनि एन्टिअक्सिडेन्ट रहेको हुन्छ । यी सबै तत्त्व हाम्रो शरीरलाई अति नै उपयोगी मानिन्छ ।

यी फलको डिटक्स ड्रिंस बनाउन सबै फलको आधा भागलाई ससानो टुक्रा पारेर ब्लेण्डरमा हाल्नु होस् । ब्लेण्डरमा एक गिलास पानी पनि हाल्नु होस् । ब्लेण्ड गरेपछि छानेर गिलासमा हालेर पिउनु होस् ।

यो डिटक्स ड्रिंक्समा तपाईँले अरू फलफूलहरू हालेर पनि बनाउन सक्नु हुन्छ । यसरी बनाएको डिटक्स ड्रिंक्स बिहान खाली पेटमा नियमित सेवन गर्नु भयो भने एक सातामै तपाईँले आफ्नो शरीरमा विभिन्न किसिमका परिवर्तन भएको पाउनु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?