नेपालमा कोराना : थप ३ हजार १ सय ६ जनामा कोरोना पुष्टि, कति भए संक्रमणमुक्त ? (विवरणसहित)

लोकपथ
154
Shares

काठमाडौं । देशभरि पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६ कोरोना संक्रमित थपिएका छन्।

९ हजार २६३ पीसीआर र ४ हजार २५६ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९५ हजार ३८९ पुगेको छ।

त्यस्तै उक्त अवधिमा २३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको छ।

त्यसैगरी गत २४ घण्टामा १ हजार ९१६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ५४ हजार १७७ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?