काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
तुलसीलाल स्मृति भवन च्यासलमा भएको नेकपा एमालेको स्थायी कमिटी बैठक एजेन्डामै प्रवेश नगरी स्थगित भएको हो ।
पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले आइतवार दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित भएको जानकारी दिए ।
बैठकमा केन्द्रीय विभागको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणबारे छलफल हुने जनाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया