जसपाले संसदीय दलको नेता चयन गर्दै

लोकपथ
117
Shares

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको नेता चयन प्रक्रिया अगाडि बढाएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

संसदीय दलको नेतामा उपेन्द्र यादव निर्विरोध निर्वाचित हुने सम्भावना रहेको जसपाका एक सांसदले जानकारी दिए । कुनै सांसदले उम्मेदवारी दिएमा निर्वाचन गर्ने तयारी रहेको छ ।

पार्टीका ज्येष्ठ सदस्य महिन्द्र राय यादवको अध्यक्षतामा दलको बैठक बसिरहेको छ । बैठकमा ३२ मध्ये २१ सांसदको उपस्थिति रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?