काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी मुलुकहरूसँग गर्ने व्यवहार असल हुनुपर्ने बताएका छन् ।
‘इन्डियन पुलिस सर्भिस’ (आईपीएस) अफिसरहरूसँगको अन्तरक्रिया कार्यक्ममा मोदीले छिमेकी मुलुकहरूसँग व्यवहार असल हुनुपर्ने बताएका हुन् ।
महाकाली नदी तर्दै गरेका नेपाली नागरिक भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले तुइन काटिदिँदा नदीमा बेपत्ता भएको घटनाको भोलिपल्ट प्रधानमन्त्री मोदीले आफ्ना प्रहरी अधिकृतहरूलाई छिमेकी मुलुक र तिनका नागरिकहरूसँग असल व्यवहार गर्न सम्झाएका हुन्।
नरेन्द्र मोदीले ट्वीटरमा लेखेका छन्, ‘भूटान होस्, नेपाल होस्, माल्दिभ्स होस्, मोरिसस होस्, हामी केवल छिमेकीमात्रै होइन, बरु हाम्रो सोच र सामाजिक तानाबानामा पनि धेरै समानता छ । हामी सबै सुख–दुःखका साथी हौं । जब, कुनै आपत आउँछ, विपत्त आउँछ, तब सबैभन्दा पहिले हामीले एक अर्कालाई सहयोग गर्छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया