प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट, मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल

लोकपथ
70
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ।

बालुवाटार स्रोतका अनुसार दुई नेताबीच मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको छ।

बुधबारको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाड गरी शीर्ष नेताहरूले मन्त्रीको नाम दिएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको थियो।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका माधवकुमार नेपाल पक्ष सहभागी छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आफूसहित ६ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन्।

अहिले गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ रहेका छन्। बाँकी मन्त्रालयहरू प्रधानमन्त्री मातहत नै छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?