कियारा र सिद्धार्थ मल्होत्राको अफियरको सामाजिक सञ्जालमा चर्चा

लोकपथ
650
Shares

काठमाडौं । बलिउड अभिनेत्री कियारा आडवाणी आफ्नो आगामि फिल्म शेरशाहमा अभिनेता सिद्धार्थ मल्होत्रासँग देखिदैँ छिन् ।

फिल्मको शुटिङ्गका क्रममा भएका रोमान्टिक सट अहिले निकै चर्चामा रहेको छ । फिल्म शेरशाह भन्दा अगाडि पनि उनीहरुको अफियर रहेको हल्ला चलेको थियो । अहिले दुई जना एउटै फिल्ममा काम गरेपछि उनीहरुको सम्बन्धलाई लिएर धेरै अडकलबाजी हुने गरेको छ ।

यसैबीच ३१ जुलाईमा कियाराको जन्मदिनमा सिद्धार्थ मल्होत्राले कियारालाई जन्मदिनको विश पठाएका थिए ।

सिद्धार्थले आफ्नो इन्स्ट्राग्राममा शेरशाहको एक बीटीएस पलोटो सेयर गर्दै उनलाई जन्मदिनको विश गरेका थिए ।

बर्थडे विश गर्दै सिद्धार्थले लेखेका छन् । ‘हैप्पी बर्थडे कियारा, शेरशाहको सफर तिमीसँग अतुलनीय थियो । यस फिल्मबाट धेरै यादहरु जोडिएको छ । सधै शुखी रहनु । धेरै माया’।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?