बाबुराम भट्टराईलाई तत्काल गिरफ्तार गरी कारवाही गर्न डेमोक्रेट युनियनको माग

लोकपथ
945
Shares

काठमाडौं । नेपाल डेमोक्रेट युनियनले जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता डा. तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई गिरफ्तार गरी कारवाही गर्न माग गरेको छ ।

युनियनले धार्मिक–सामाजिक द्वन्द्व निम्त्याउन षड्यन्त्र गरेको पूर्वप्रधानमन्त्री भट्टराईलाई गिरफ्तार गरी कारवाही गर्न माग गरेको हो ।

युनियनका संयोजक सिद्धार्थ गौतमले एक विज्ञप्ति जारी गर्दै डा।भट्टराईलाई देशको कानून बमोजिम तत्काल गिरफ्तार गरी सजाय गर्नुपर्ने माग राखेका हुन् ।

भट्टराईले हालै सामाजिक संजाल मार्फत पुनः हिन्दू धर्मप्रति घृणा फैलाउने दुष्प्रयास गरेकोप्रति नेपाल डेमोक्रेट युनियनको तर्फबाट भत्र्सना गर्दै एक आगामी दिनमा उनलाई सामाजिक एवं राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाइनु जरुरी रहेको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?