चलचित्रमा पनि शत प्रतिशत दिनु पर्छ

सन् २०१८ मा आयोजना भएको सुपर मोडल प्रतियोगितामा सहभागी भएपछि अभिलाषा शर्माले ग्ल्यामरको दुनियाँमा प्रोफेसनल रूपमा प्रवेश गर्ने निधो गरिन् ।

सेन्ट पाउल स्कुल बानेश्वरमा पढ्ने बेलमा विद्यालयका विभिन्न क्रियाकलापमा सहभागी हुने सानी नानी अहिले म्युजिक भिडियो, फेसन सो र टेलिभिजनका विभिन्न कार्यक्रमहरूमा व्यस्त भएकी छिन् ।

मोडलिङ प्रतियोगितामा सहभागी भएपछि उनलाई यो क्षेत्रमा पनि केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको थियो । पहिलो पटक मोडलिङ प्रतियोगितामा सहभागी भएपछि उनलाई ग्ल्यामरको दुनियाँका विभिन्न ढोकाहरू खुल्यो उनी गर्वसाथ बत्ताउँछिन् ।

पहिलो चरणको लकडाउन हुनु भन्दा अगाडी नै उनले ५–६ वटा म्युजिक भिडियोहरूमा अभिनय गरिसकेकी थिइन् भने केही फेसन सो र केही कम्पनीहरूका लागि मोडलिङ समेत गरेकी थिइन् ।

ग्ल्यामरको यो रफ्तारलाई पछ्याउँदै गएकी अभिलाषालाई कोभिडको कारण भएको पहिलो लकडाउनले केही अप्ठ्यारो अवस्था भने ल्यायो । तर उनले आफूलाई आरजे र भिजेको क्षेत्रमा पनि स्थापित गर्दै लगिन् । इमेज एफएममा आरजे रहेकी अभिलाषा प्राइम टिभीमा भिजे समेत रहेकी छिन् । उनले रेडियो र टेलिभिजनमा टक सो र म्युजिकल कार्यक्रम चलाउँछिन् ।

प्लस टु सकेर ग्ल्यामरको क्षेत्रमा प्रवेश गरेकी अभिलाषाले यही क्रममा इन्जिनियरिङमा ब्याचलर पनि सक्न लागेकी छिन् । कोभिडको कारण लकडाउन नभएको भए मेरो सिभिल इन्जिनियरिङमा ब्याचलर सकिने थियो अभिलाष भन्छिन् ।

ग्ल्यामरको दुनियाँमा चलचित्र क्षेत्रमा अभिनय गर्ने प्रस्ताव पनि उनलाई नआएको होइन । उनी भन्छिन्– कुनै पनि कुरा गर्दा शत प्रतिशत दिनु पर्छ भन्ने मेरो मान्यता छ । पढाइलाई पुरा गरेपछि अभिनयको केही क्लासहरू लिएर यसमा पनि आउन सक्छु उनी भन्छिन् ।

अहिलेको हब्बी ग्ल्यामरको क्षेत्र भए पनि पढाइले दिने प्रोफेसन लामो समयसम्म हुने उनी बत्ताउँछिन् । अहिले लकडाउनका कारण केही नयाँ काम गर्न मिल्ने वातावरण नभएको कारण यही काम पनि रमाइलो लागिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?