लिफ्ट दिने बाहानामा कारभित्रै महिलाको बलात्कार

लोकपथ
3k
Shares

काठमाडौं । एक महिला गाडीमै बलात्कृत भएकी छिन् । कामबाट घर फर्की रहेकी महिला गाडीभित्रै बलात्कृत भएकी हुन् ।

यो घटना भारतको राजधानी दिल्लीको हो ।

घटना भएको दिन :

गुरुग्रामको एमजी रोडस्थित डिपार्टमेन्टल स्टोरको सेल्स डिपार्टमेन्टमा काम गर्ने ती महिला सधै जसो बेलुका आफ्नो काम सकाएर सडकमा ट्याक्सी कुरी रहेकी थिइन् ।

सोही समयमा एउटा कार आएर रोक्यो र उनलाई लिफ्ट दिने बतायो । जब उनी कार भित्र बसिन् । केहीबेरमै उनीमाथि बलात्कार भएको उनले प्रहरीलाई उजुरी दिएकी छिन् ।

बलात्कारपछि उनलाई ती पुरुषले बीच बाटोमै छोडेर गएका थिए ।

कार चालक पुरुषको खोजी भइरहेको प्रहरीले बताएको छ । भारतीय प्रहरीले घटनाको थप अनुसन्घान गरिरहेको बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?