सम्पर्कविहीन सांसद बिमला वली अस्पतालमा

लोकपथ
1k
Shares

काठमाडौं। हिजो शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएकी भनिएकी लुम्बिनी प्रदेशकी सांसद बिमला कुमारी खत्री (वली) अस्पतालमा भेटिएकी छन् ।

स्वास्थ्यमा सम्स्या देखीएपछि उनी उपचारका लागि नेपालगन्ज गएकी माओवादी केन्द्रले जानकारी दिएको छ ।

उनले हिजोदेखि फोन नउठाएको कारण उनी सम्पर्कविहीन भएको हल्ला फैलिएको थियो ।

लुम्बिनी प्रदेश सभामा सत्तापक्ष अल्पमतमा रहेको कारण सत्ता जोगाउन सांसद किनबेच गर्न खोजेको आरोप विपक्षी गठबन्धनको छ । पति उत्तरकुमार वलीको मृत्युपछि भएको उपनिर्वाचनमा दाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट उनी प्रदेश सभा सदस्य चुनिएकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?