टोकियो ओलम्पिक: पहिलो पटक खेलिएको ४*१०० मीटर मेडले रिलेमा ग्रेट ब्रिटेनलाई स्वर्ण

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत ४*१०० मीटर मेडले पौडी रिलेतर्फ ग्रेट ब्रिटेनले स्वर्ण पदक जितेको छ।

ओलम्पिक इतिहासमै पहिलो पटक समावेश गरिएको यस स्पर्धा निकै नै रोमाञ्चक तथा रणनीतिक रहेको थियो। यस मेडले स्पर्धा अन्तर्गत ग्रेट ब्रिटेनका एडम पिटीले ब्रेस्टस्ट्रोकमा भाग लिएका थिए भने १०० मीटर बटरफ्लाईमा विश्व किर्तिमान बनाएका काइलेव ड्रेसलले फ्रिस्टाइलतर्फ संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गरेका थिए।

स्टार्ट लेन
१. रसियन ओलम्पिक कमिटी
२. इटाली
३. चीन
४. ग्रेट ब्रिटेन
५. संयुक्त राज्य अमेरिका
६. अस्ट्रेलिया
७. नेदरल्यान्ड्स
८. इजरायल

शुरुवाती दौडमा नेदरल्यान्ड्सका किरा टुसान्टले अग्रता लिएका थिए। तर पहिलो ५० पूरा हुँदा अमेरिकाका रायन मर्फीले अग्रता लिन सफल भए।

२०० सम्म पुग्दा इटालीले चीन र रसियन ओलम्पिक कमिटीलाई उछिनेको थियो तर त्यस पश्चात् उत्रेका महिला पौडीबाजले इटालीलाई निराश बनाए। रियाक्सन समयमा ब्रिटेनका जेम्स गाईले अन्तिम १०० मा भारी अग्रता लिन सफल भएका थिए। गाईले बटरफ्लाईमा ५० सेकेन्डको दूरी कायम गर्न सफल भएका थिए।

अन्तिम १०० को लागि ब्रिटेनले एना होपकिन्सलाई पठाएको थियो। अमेरिकाका ड्रेसलले निकै प्रयास गर्दा पनि होपकिन्सलाई जित्न सकेनन् र ग्रेट ब्रिटेनले सो टच ३ मिनेट ३७.५८ सेकेन्डको विश्व कीर्तिमानी समयमा पूरा गर्यो।

अप्रत्याशित रूपमा पुनरागमन गरेको चीनले रजत तथा अस्ट्रेलियाले काश्य पदक जित्न सफल रह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?