बिर्तामोड कोभिड-१९ खोप प्रकरणका दोषीलाई कारबाही गर्न माओवादी केन्द्रको माग

लोकपथ
105
Shares

बिर्तामोड । बिर्तामोडमा एक होटलबाट कोभिड १९ विरुद्धको खोप सहित संदिग्ध रुपमा पक्राउ परेका स्वास्थ्य शाखा प्रमुख ओम खड्कालाई कारबाही गर्न माओवादी केन्द्र बिर्तामोड नगरले माग गरेको छ ।

यस घटनाको निष्पक्ष छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर समितिले माग गरेको हो । नेकपा (माओवादी केन्द्र) का बिर्तामोड नगर इन्चार्ज युवराज दाहाल र सचिव मोहन सुब्बाले संयुक्त विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

यस अघि पनि अस्पतालको ठेक्का प्रक्रियामा समेत अनियमिततामा संलग्न भनिएको व्यक्ति पुन यस खालको गतिबिधिमा संलग्न देखिदा कतै सिङ्गो स्थानिय सरकार नै संगठित रुपमा यस्ता अनियमितता र कुकर्मको संरक्षणमा त छैन भन्ने प्रश्न उठेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘घटनाको निष्पक्ष छानबिन गरि दोषि उपर कडा कारबाही गर्न र पर्याप्त मात्रामा खोपको व्यवस्था गर्न विर्तामोड नगरपालिका समक्ष जोडदार माग गर्दछौँ ।’

माओवादी केन्द्रले घटनालाई ढाकछोप गर्ने, उन्मुक्ति दिने र बिभिन्न बहानाबाजिमा ओठे जवाफले आफ्ना आसेपासे को संरक्षण गर्ने प्रबृत्तिको बिपक्षमा जनदबाब सृजना गर्न र खबरदारी गर्न अपिल पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?