काठमाडौं । नेकपा माओवादी केन्द्रकी लुम्बिनी प्रदेश सांसद विमला ओली सम्पर्क बिहीन भएकी छिन् ।
माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलले सांसद् ओली सम्पर्क बिहीन भएको जनाएको छ ।
उनी शुक्रवार बिहानदेखि सम्पर्क बिहीन बनेको बताइएको छ ।
ओली दाङ क्षेत्र नं. ३(ख)बाट निर्वाचित सांसद हुन् । उनका श्रीमान् तत्कालिन प्रदेश सांसद उत्तरकुमार ओलीको निधन पछि उनी उपचुनावमार्फत् सांसद बनेकी हुन् । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित उनी एमाले र माओवादी विभाजित भएपछि माओवादी केन्द्रमा आएकी थिईन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया