टोकियो ओलम्पिक: महिला फुटबलको सेमी फाइनल समीकरण पूरा, ब्राजिल र नेदरल्यान्ड्सको यात्रामा पूर्णविराम

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला फुटबल विधातर्फ सेमी फाइनलको समीकरण पूरा भएको छ। शुक्रवार खेलिएका ४ क्वार्टर फाइनल खेलको समापनसँगै महिला फुटबलबाट टोकियो ओलम्पिकमा अब मात्र ४ राष्ट्र बाँकि रहेका छन्।

अन्तिम ८ बाटै बाहिरिने टोलीहरूमा आयोजक राष्ट्र जापानसँगै दावेदार मानिएका ब्राजिल, ग्रेट ब्रिटेन तथा नेदरल्यान्ड्स पनि रहेका छन्।

क्वार्टर फाइनलको नतिजा

क्यानाडा ४-३ ब्राजिल

स्थान: मियागी स्टेडियम
९० मिनेट: ०-०
अतिरिक्त समय: ०-०
पेनाल्टी शुटआउट: ४-३

 

ग्रेट ब्रिटेन ३-४ अस्ट्रेलिया

स्थान: काशीमा स्टेडियम
९० मिनेट: २-२
अतिरिक्त समय: १-२

 

स्वीडेन ३-१ जापान

स्थान: साइटामा स्टेडियम
९० मिनेट: ३-१

 

नेदरल्यान्ड्स ४-६ संयुक्त राज्य अमेरिका

स्थान: निसान स्टेडियम
९० मिनेट: २-२
अतिरिक्त समय: ०-०
पेनाल्टी शुटआउट: २-४

अब सेमी फाइनल चरणका खेलहरु अगस्ट २, सोमवार खेलिने तालिका रहेको छ। ४ पटक ओलम्पिक स्वर्ण पदक विजेता संयुक्त राज्य अमेरिकासँगै स्वीडेनलाई पनि दावेदार टोली मानिएको छ।

सेमी फाइनल समीकरण


संयुक्त राज्य अमेरिकाविरुद्ध क्यानाडा
अस्ट्रेलियाविरुद्ध स्वीडेन

त्यस्तै पुरुषतर्फको क्वार्टर फाइनल खेलहरु आज (शनिवार) खेलिने तालिका रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?