टोकियो ओलम्पिक: १०० मीटर बटरफ्लाई पौडीमा ड्रेसलले रचे विश्व किर्तिमान

काठमाडौं। टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष १०० मीटर बटरफ्लाई पौडी विधातर्फ संयुक्त राज्य अमेरिकाका काइलेव ड्रेसलले नयाँ विश्व किर्तिमान रच्दै स्वर्ण पदक जितेका छन्।

शनिवार खेलिएको पहिलो पुल फाइनल खेलतर्फ ड्रेसललाई नै दावेदार मानिएको थियो। फाइनल शुरु हुनु अगाडिको विश्व किर्तिमान पनि ड्रेसलकै नाममा रहेको थियो। ५० मीटर कार्स पूरा गर्ने क्रममा नै ड्रेसल अरु प्रतिद्वन्दी भन्दा ‘हाफ ए बडी लेन्थ’ अगाडि थिए। १०० मीटर टच पूरा हुने बेलासम्म ड्रेसल अन्य प्रतिद्वन्दी भन्दा निकै अगाडि पुगिसकेको अवस्था थियो।

यस दौरान काइलेव ड्रेसलले आफ्नै विश्व कीर्तिमान तोड्दै ४९.४५ सेकेन्डमा टच पूरा गर्न सफल भए। उनलाई पछ्याउँदै दोस्रो स्थान ओगटेका हंगेरीका क्रिस्टोफ मिलाकले ४९.६८ सेकेन्डमा टच पूरा गरे। मिलाकको पनि यो नयाँ युरोपियन कीर्तिमान रह्यो।

त्यस्तै रसियन ओलम्पिक कमिटीका आन्द्रे मिनाकोभलाई पराजित गर्दै स्विट्जरल्यान्डका नोइ पोन्टीले काश्य पदक जित्न सफल भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?