कांग्रेसले भन्यो- दार्चुला घटनाको सत्यतथ्य बाहिर ल्याउ

लोकपथ
234
Shares

काठमाडौं । नेपाली कांग्रेसले दार्चुला घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति पारी गर्दै उक्त गम्भीर घटनाको सम्पूर्ण वास्तविकता बाहिर ल्याउन र आफ्नो नागरिकलाई न्याय दिलाउन माग गरेका हुन् ।

शुक्रबार दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुंदै सदरमुकाम खलंगा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा एकजना युवा बेपत्ता भएका थिए ।

भारतीय एसएसबीका जवानले तुइन काटिदिएका कारण उक्त घटना भएको समाचार बाहिरिएपछि कांग्रेसले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तिमा शर्माले घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन/दिलाउन माग सरकारसँग माग गरेका छन् ।

नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै होइन अमानवीय र अत्यन्तै आपत्तिजनक छ ।’ विज्ञप्तिमा
उल्लेख छ । यस्तै आफ्नो नागरिकको जीवन सुरक्षा गर्ने दायित्व बोकेको सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्न समेत कांग्रेसले माग गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?