आगामी चैतभित्र सबै नागरिकलाई खोप

लोकपथ
52
Shares

काठमाडौं । सरकारले आगामी चैत मसान्तसम्म सबै नेपालीलाई कोरोना विरुद्धको खोप लगाउने बताएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दे उक्त कुरा जनाएको हो । मन्त्रालयले कोरोना विरुद्धको खोपको आयात, खोप अभियान र स्वास्थ्य पूर्वाधार बारेको विवरण सार्वजनिक गर्दै उक्त कुरा उल्लेख गरेको हो ।

विज्ञप्तिमा सरकारले चिनियाँ कम्पनी सिनोफार्मबाट थप ६० लाख डोज कोरोना खोप खरिदका लागि सम्झौता अगाडि बढेको जनाइएको छ ।

यस्तै कोभ्याक्स सुविधामार्फत जापानले अनुदानमा उपलब्ध गराउने १६ लाख डोज खोप असोज मसान्त भित्र उपलब्ध हुने पनि विज्ञप्तिमा उल्लेख छ । भारतसँग खरिद सम्झौता भएको कोभिशिल्डको १० लाख डोज खोप पनि असोज मसान्तभित्र नै आउने जनाइएको छ ।

बिभिन्न प्रक्रियाबाट असोजभित्र १ करोड ८३ लाख ८२ हजार ८सय ५० डोज प्राप्त हुने मन्त्रालयको आकलन छ ।चैत मसान्तसम्म सबै नेपालीहरुको पहुँचमा खोप पुगिसक्ने विज्ञप्तिमा जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?