सरकारले कोरोना खोप ल्याउन निजी क्षेत्रलाई पनि दियो अनुमति

लोकपथ
1.2k
Shares

काठमाडौं । पछिल्लो समय देशैभर बढिरहेका कोरोना संक्रमितलाई मध्यनजर गरी सरकारले कोरोनाभाइरसविरुद्धको खोप ल्याउन निजी क्षेत्रलाई पनि अनुमति दिएको छ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै निजी क्षेत्रलाई पनि खोप ल्याउन अनुमति दिएको हो । सरकारले तोकेका प्राथमिकताको समूहलाई खोप लगाउने गरी स्वीकृति दिएको हो।

जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘खोप आयात गर्न इच्छुक निजी क्षेत्रलाई विश्व स्वास्थ्य संगठन र नेपालको नियामक निकाय औषधि व्यवस्था विभागबाट आकस्मिक प्रयोग अनुमति प्राप्त कुनै पनि खोपहरू उत्पादन मूल्य र आयात खर्चमा अधिकतम १० प्रतिशतसम्म मुनाफा लिएर सरकारले तोकेको प्राथमिकताको समूहलाई लगाउन मिल्ने गरी स्वीकृति दिइसकेको जानकारी गराउँदछौं।’

अहिलेसम्म कोरोना खोप सरकारले ल्याउँदै आएको थियो। अब निजी क्षेत्रले पनि ल्याउन पाउने भएका छन्। यसका लागि निजी क्षेत्रलाई स्वीकृति दिइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यसअघि सरकारले निजी क्षेत्रलाई मुनाफा नदिँदा भारतबाट आउने कोभिशिल्ड रोकिएको थियो। जसले गर्दा गत फागुनमै पहिलो डोज लगाएका नागरिकले अहिलेसम्म दोस्रो डोज लगाउन पाएका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?