११ आश्विन २०७८, सोमवार

बरामद सुन र पैसामा अनियमितताको आरोप

२०७८,श्रावण,१५,शुक्रवार १७:१९


डोटी । जिल्ला प्रहरी कार्यालय डोटीको टोलीद्वारा बरामद गरिएको सुन तथा १७ लाख बढी रकममा अनियमितता गरेको आरोप लागेको छ ।

प्रहरीले गत फागनुमा चोरीको भन्दै यहाँको केआइसिंह गाउँपालिका–६ भीताणीबाट उक्त सुन र रकम बरामद गरेको थियो ।

रकम र सुन भारतबाट चोरी गरी ल्याएको आरोपमा स्थानीय ६० वर्षीया काली भुललाई पक्राउ गरिएको थियो । पक्राउ परेकी महिलालाई केही दिन हिरासतमा राखी प्रहरीले छाडेको थियो । उक्त सुन र रकम प्रहरीले हिनामिना गरेको भन्दै यहाँका नागरिक प्रहरीप्रति आक्रोशित बनेका छन् । उनीहरुले सुन र पैसाका विषयमा आधारिक जानकारी दिन माग गरेका छन् ।

केआइसिंह–६ भिताणी गाउँबाट कूल एक किलो १०० ग्राम बरामद गरिएको सुन र रकमका विषयमा अहिलेसम्म पनि प्रहरीले आधिकारिक खबर सार्वजनिक नगरेको भन्दै यहाँका नागरिक आक्रोशित बनेका सञ्चारकर्मी प्रकाश बमले बताए । जिल्ला प्रहरी कार्यालयको टोलीले नखुलेको एक किलो १०० ग्राम सुनसहित १७ लाख ४७ हजार नगद बरामदसँगै भिताणी गाउँबाट दुई जनालाई पक्राउ गरेको थियो ।

बरामद गरिएको सुन तथा पक्राउ पर्ने व्यक्तिका विषयमा अहिलेसम्म सार्वजनिक नगरेको सञ्चारकर्मी केशवचन्द्र महराले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशी र इलाका प्रहरी कार्यालय दिपायलका तत्कालीन प्रहरी नायब निरीक्षक धर्मानन्द जोशी नेतृत्वको टोलीले गोप्य सूचनाका आधारमा दिपायलबाट सुन र रकम बोकेर तराई जाने क्रममा कुलपातेबाट भुललाई पक्राउ गरेको थियो ।

प्रहरीले काली र उनका भतिजालाई एक दिन हिरासतमा राखेर दोस्रो दिन बयानपश्चात् छाडेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार बरामद गरिएको सुन तथा रकम प्रहरी प्रधान कार्यालयमा बुझाइएको छ । प्रहरीले उक्त प्रकरणमा जोडिएका अन्य व्यक्ति अझै फरार रहेका जनाएको छ ।

प्रहरी उपरीक्षक दानबहादुर मल्लले भारतीय दूतावास हुँदै हेडक्वाटरमार्फत आफूहरुलाई सूचना आएपछि बरामद गरिएको सुन र नगद प्रहरी प्रधान कार्यालयमार्फत सम्बन्धित धनीलाई बुझाइएको बताए ।

प्रकाशित मिति: २०७८,श्रावण,१५,शुक्रवार १७:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको लागि सभापतिमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । कांग्रेसको १४औँ महाधिवेशन आगामी मंसिर ९ देखि

लक्ष्मी भण्डारी / वीरेन्द्रनगर । महिनावारीका लागि लगाउन नमिल्ने झुत्रोकपडाको जोहो गर्थिन् वीरेन्द्रनगर नगरपालिकाकी ४० वर्षीय मुना गौतम । पुराना

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नेपालीहरुको महान चाड बडा दशैँको अवसरलाई मध्यनजर गर्दै वर्षाका कारण क्षति भएका

काठमाडौं । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम

ताजा समाचार

प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो
 २०७८,आश्विन,१०,आईतवार २२:२४
सुदूरपश्चिम : सातामै न्यून सङ्क्रमण
 २०७८,आश्विन,१०,आईतवार २१:०७