बढ्यो जोखिम : देशभर सबैभन्दा बढी काठमाडौंमा थपिए कोरोना संक्रमित

लोकपथ
1.5k
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा सबैभन्दा बढी संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा थप ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसो त पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा थप ८१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौां ५५६ सहित भक्तपुरका ७३ र ललितपुरका १८७ जना रहेका छन् ।

त्यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ११ जनामा कोरोना भाइरस ९कोभिड९१९० संक्रमण पुष्टि भएको छ ।

देशभर कुल १४ हजार ६ सय ६१ परीक्षण गर्दा सो परिमाणमा संक्रमितहरु थपिएका हुन् ।
योसँगै नेपालमा कोरोनाको कुल संक्रमितको संख्या ६ लाख ३१ हजार ९ ९पीसीआर० र ६० हजार ५ सय २४ ९एन्टीजेन० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५२ हजार २ सय ६१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?