नेपाल पक्षको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार्न सकिन्न : महासचिव पोखरेल

लोकपथ
364
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन् ।

शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रिय कार्यालयमा आयोजित साउन १५ को खीर खाने कार्यक्रममा महासचिव पोखरेलले नेपाल पक्षले सञ्चार माध्याममार्फत् राखेका ती प्रस्ताव पार्टीको विधि र विधानभन्दा फरक ढंगले आएको उल्लेख गर्दै स्वीकार गर्न नसकिने बताए ।

उनले कार्यदलले सहमति जुटाएर पार्टीको कन्द्रीय समितिले अनुमोदन गरेको १० बूँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकतावद्ध बनाएर लैैजानुपर्नेमा आफूहरुको जोड रहेको स्पष्ट पारे ।

उनले भने, ‘पार्टीको विधि र विधानभन्दा फरक ढंगले हुन सक्दैैन । पार्टी महाधिवेशनले पारित गरेको विधान छ, नियमावली छ । हामी २०७५ साल जेठ २ गते अघि जाने कुरा गरिरहेका छौं । त्यसमा जाँदा खेरी त्यस बेलाको विद्यमान विधान र नियमावलीमा के छ ? त्यसले अनुमति दिने, त्यसले स्विकार गर्ने, त्यसमा व्यवस्था भएका कुराहरुलाई नै पालना गर्नु प¥यो नि, सबैले ।’

माधव नेपाल पक्षबाट दैनिकजसो विभिन्न प्रस्ताव आउने गरेको उल्लेख गर्दै महासचिव पोखरेलले ती प्रस्तावबारे आफूले बुझ्न नसकेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?