नेपालमा कोराना : थप ३ हजार ६ सय ११ जनामा कोरोना पुष्टि, कति भए संक्रमणमुक्त ? (विवरणसहित)

लोकपथ
572
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ११ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ ।

देशभर कुल १४ हजार ६ सय ६१ परीक्षण गर्दा सो परिमाणमा संक्रमितहरु थपिएका हुन् ।
योसँगै नेपालमा कोरोनाको कुल संक्रमितको संख्या ६ लाख ३१ हजार ९ (पीसीआर) र ६० हजार ५ सय २४ (एन्टीजेन) पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५२ हजार २ सय ६१ पुगेको छ ।

त्यसैगरी पछिल्ला केहिदिन यता काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा थप ८१६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ५५६, भक्तपुरमा ७३ र ललितपुरमा १८७ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?