११ आश्विन २०७८, सोमवार

राष्ट्रिय गौरवका आयोजनाको बजेटको स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन

२०७८,श्रावण,१५,शुक्रवार १६:३७


काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनाको बजेटको स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय गौरवका आयोजनाको बजेटको स्रोत सुनिश्चितता र कार्यविधि सञ्चालनको स्पष्ट मापदण्ड ल्याउन निर्देशन दिएको हो । समितिले मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा बाढी तथा पहिरोले पुर्याएको क्षतिका बारेमा छलफल गरेको थियो । छलफलपछि समितिले आयोजनामा  बाढी पहिरोले पुर्याएको क्षतिको मूल्यांकन गरी पुनर्निर्माणलाई अविलम्ब शुरु गर्न निर्देशन दिएको छ । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न समेत बजेटको सुनिश्चितता गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । यस्तै समितिले आयोजनासँग प्रत्यक्ष सम्बन्ध राख्ने निकायका बीचको प्रभावकारी सहकार्य र समन्वयको लागि समितिकी सभापति दिल कुमारी रावल थापाले निर्देशन दिएकी हुन् ।

उनले भनिन्, ‘राष्ट्रिय गौरवको आयोजनामा बजेटको श्रोत सुनिश्चित र कार्यविधि सञ्चालनको स्पष्ट मापदण्ड नहुँदा अहिले पनि हमीले एकातिर सरकारले राष्ट्रिय गौरवको आयोजना बजेट अभाव हुँदैन भनेको छ, फेरि कार्यान्वयनमा जाँदा यो खाले समस्या आएको हुनाले राष्ट्रिय गौरवका आयोजनाहरुको बजेटको श्रोत सुनिश्चितता र कार्यविधि सञ्चालनको स्पष्ट मापदण्डका लागि सरकारलाई निर्देशन दिएका छौँ, तत्काल आयोजना भएका क्षतिको पूर्ण मूल्यांकन निकाली निर्माणको पुनर्निर्माणलाई कार्यान्वयनमा जानुपर्ने निष्कर्ष निकालेको छ, आयोजनासँग प्रत्यक्ष सरोकार राख्ने निकायको बीचको प्रभावकारी सहकार्य र समन्वयको अहिले पनि अभाव देखिएको छ, यो आयोजना भित्रको निकायहरु, मन्त्रालय भित्रका निकाय र तहका सरकारको बीचमा अहिले पनि समन्वयको अभाव देखिएको छ, यसलाई प्रभावकारी समन्वयको लागि हामी निर्देशन दिन्छौँ ।’

समितिले आयोजना कार्यान्वयन निर्देशनालय र काठमाडौं उपत्यका खानेपानी आयोजनाबीचमा भएको संरचनात्मक समस्यालाई व्यवस्थित गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ ।  समितिले शहरी विकास मन्त्रालय, मेलम्ची खानेपानी आयोजना,  काठमाडांै आयोजना खानेपानी लिमिटेड र काठमाडौं महानगरपालिकाको सरसफाइ तथा विभाग हेर्ने अधिकारीहरुसँग छलफल गरेको थियो ।

प्रकाशित मिति: २०७८,श्रावण,१५,शुक्रवार १६:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९

धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसको समस्या समाधान नभएसम्म देशमा अस्थिरता आउन नसक्ने भएकाले त्यसतर्फ

डोटी । सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत डोटीका नौवटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएका छन् । शनिबार र आइतबार

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) माथि प्रश्न उठाएका छन् । अध्यक्ष

ताजा समाचार

आज ४२औँ विश्व पर्यटन दिवस मनाइँदै
 २०७८,आश्विन,११,सोमवार ०६:५४
हेर्नुहोस् आजको राशिफल
 २०७८,आश्विन,११,सोमवार ०६:४५
प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो
 २०७८,आश्विन,१०,आईतवार २२:२४
सुदूरपश्चिम : सातामै न्यून सङ्क्रमण
 २०७८,आश्विन,१०,आईतवार २१:०७