जसपाका तीन प्रदेश सांसद पदमुक्त (पत्रसहित)

लोकपथ
130
Shares

बुटवल । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) नेपालका तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेश सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएका छन् ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै जसपाका तीन प्रदेश सांसद पदमुक्त भएको जानकारी दिए। सांसदबाट पदमुक्त भएका तीनै जना मुख्यमन्त्री शंकर पोखरले नेतृत्वको प्रदेश सरकारमा मन्त्री छन् ।

पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको जसपा संसदीय दलका नेता सहसराम यादवले बताए ।

उनका अनुसार ११ साउनमा यादव पक्षले निर्वाचन आयोगबाट पार्टीको आधिकारिता पाएलगतै लुम्बिनीका ती सांसदहरुलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?