५ आश्विन २०७८, मंगलवार

राष्ट्रिय जनगणना रोक्न हुँदैन : सांसद बस्नेत

२०७८,श्रावण,१५,शुक्रवार १५:४६


काठमाडौं । प्रतिनिधि सभाका सदस्य टेकबहादुर बस्नेतले राष्ट्रिय जनगणना रोक्न नहुने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै बस्नेतले राष्ट्रिय जनगणना स्थगित गर्न लागेको जानकारी पाएकोले यसलाई रोक्न नहुने बताए ।

उनले भने, ‘नेपालमा पहिलो राष्ट्रिय जनगणना आजभन्दा ११० वर्षअघि बि.सं १९६८ मा भएको थियो, त्यतिबेला नेपालको जनसंख्या ५६ लाख ३८ हजार ६४९ थियो, यो सबैलाई जानकारी छ, अहिले ११ औँ राष्ट्रिय जनगणनाको लागि आवश्यक तयारी र आवश्यक बजेट पनि विनियोजन भइसकेको छ, कोरोना महामारीका कारण कार्यक्रम स्थगित भएको भन्ने सुन्नमा आएको छ, त्यसलाई स्थगित गर्नु हुँदैन, अगाडि बढाउनुपर्छ, सरकारको कार्यसूचीमा छ, छैन, नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’

प्रकाशित मिति: २०७८,श्रावण,१५,शुक्रवार १५:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (एमाले) ले कारबाहीको सिफारिश गरेका १४ सांसदको पद खारेजीसम्बन्धी रिट निवेदनको सुनुवाइ भइरहेको छ। मंगलबार (आज) न्यायाधीशद्वय

काठमाडौं । नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहको नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशनका क्रममा काभ्रेका तीन वडा सभापति सर्वसम्मत चयन भएका छन्। यसरी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भ्रष्टाचार र ब्रह्मलुटलाई सरकारले वैधानिकता प्रदान गरेको आराोप लगाएका छन्।

ताजा समाचार