६ आश्विन २०७८, बुधबार

नक्साल भगवती स्थानमा ट्राफिक लाईट जडान गर्न कुमारी बैंकको सहयोग

२०७८,श्रावण,१५,शुक्रवार १५:५१


काठमाडौं । कुमारी बैंक लिमिटेडले महानगरीय ट्राफिक प्रहरीको समन्वयमा नक्साल भगवती मन्दिर चोकमा जडान गरिएको ट्राफिक संकेत बत्ती आज आयोजित कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरी संचालन गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ट्राफिक संकेत बत्ती जडान गर्न सहयोग गरिएको बताएको छ ।

उक्त ट्राफिक संकेत बत्तीको हस्तान्तरण पश्चात् बैंकका प्रमुख संचालन अधिकृत रामचन्द्र खनाल तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले संयुक्त रुपमा ट्राफिक संकेत बत्तीको संचालन शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरीका पदाधिकारीहरु, वडा नं १ कार्यालयका वडाध्यक्ष, सदस्यहरु लगायत बैैंकका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै बैंकका प्रमुख संचालन अधिकृत रामचन्द्र खनालले महानगरीय ट्राफिक प्रहरीसँगको यस सहकार्यबाट बैंक गौरवान्वित भएको र आगामी दिनहरुमा पनि बैंकको सहकार्य निरन्तर रहने जानकारी गराए । साथै, ट्राफिक प्रहरीसंग सम्बन्धित शुल्कहरु संकलन गर्न डिजिटल प्रविधिबाट गर्न जोड दिएका छन् ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बैंकले ट्राफिक संकेत बत्ती जडान गर्न सहयोग गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्दै यस ट्राफिक संकेत बत्तीको जडानबाट यस क्षेत्रमा यातायात व्यवस्थापनमा सहज भई सवारी चाप घट्ने विश्वास व्यक्त गरेका छन् । साथै, अनुशासित सवारी आवगमन हुने विचार व्यक्त गरे ।

कार्यक्रममा काठमाडौं महानगरपालिका, वडा नं. १ का वडा अध्यक्ष भरतलाल श्रेष्ठले यस किसिमका सामाजिक कार्यमा बैंकले निरन्तर सहकार्य गर्नु पर्ने र वडा कार्यालयको पनि सहयोग रहने विचार व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २०७८,श्रावण,१५,शुक्रवार १५:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धुम्बराही (काठमाडौं) स्थायी घर भएका ६५ वर्षीय ध्रुव अधिकारी नयाँ नोट साट्न लाइनमा बसेका थिए । उनी दशैँमा नयाँ नोट

काठमाडौं । सोमबार (आज) देखि दशैँका लागि नयाँ नोट सटही सुरु भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट

काठमाडौं । नेपालीहरूको महान चाड दशैँ नजिकिएसँगै आज (सोमबार) देखि नयाँ नोट सटही गर्न सकिने भएको छ । नेपाल राष्ट्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलिदेखि नयाँ नोट सटही सुविधा दिनेभएको छ । नेपालीहरूको महान चाड दशैँ नजिकिँदै गर्दा राष्ट्र

ताजा समाचार