डिशहोमको फाइबरनेट सेवा जनकपुरमा विस्तार

लोकपथ
39
Shares

काठमाडौं । डिशहोमले आफ्नो सेवालाई विस्तार गर्ने क्रममा फाइबर नेट सेवा जनकुपरमा पनि विस्तार गरेको छ ।

काठमाडौ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर र बिराटनगर मा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल जनकपुर पुगेको र छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगंज लगायत अन्य स्थानमा पनि पुर्‍याउने उदेश्य रहेको कम्पनीले जनाएको छ ।

डिशहोम फाइबरनेट देशबासिहरु माझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना डिटिएच प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२०मा डिशहोमले सुरु गरेको हो ।

डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीको दाबी रहेको छ ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम GO AppXVOD जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् ।

कम्पनीका अनुसार फाइबरनेटका योजनाहरु १० Mbps देखि १०० Mbps सम्म उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?