माछापुच्छ्रे बैंकद्वारा वृक्षारोपण कार्यक्रम

लोकपथ
0
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले शुक्रवार वृक्षारोपण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज का।म।पा। ३ वडाको मुल सडक महाराजगञ्ज सल्लाघारी देखि न्युरो अस्पताल बासबारीसम्म १ सय बिरुवा रोपेको हो।

बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय वातावरण बनाउन काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको बताएको छ ।

उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र का.म.पा ३ वडा का वडाध्यक्ष दिपक के.सीले वृक्षारोपण गरी कार्यक्रमको सुरुवात गरेका हुन् ।

बैंकको देशभर १६१ वटा शाखाहरु र १६७ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा ३२८ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?