प्रहरी हिरासतको शौचालयमा थुनुवाले गरे ‘आत्महत्या’

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा एक जना थुनुवाले आत्महत्या गरेका छन् । लक्ष्मीनिया गाउँपालिका वडा नम्वर २ सिनुरजोडा बस्ने ४० वर्षीय पल्टु रवि दास आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा दासको शव शुक्रबार बिहान फेला परेको हो ।

उनले शौचालयको भेन्टिलेशनमा आफ्नै गञ्जीले पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवं डिएसपी मकेन्द्र कुमार मिश्रले जनाकारी दिए ।

भाइसँंगको आपसी विवादमा ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा पक्राउ परेका दासलाई धनुषा जिल्ला अदालतले २ लाख रुपैयाँ धारौटीमा छाड्न आदेश दिएको थियो ।

आर्थिक आभावका कारण धरौटी बुझाउन नसक्दा अदालतले उनलाई सिन्धुली कारागार पठाउन आदेश दिएको थियो । कारागार लैजानकै लागि हिरासतमा राखिएका दास तनावमा आत्महत्या गरेको प्रहरीको अनुमान छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?