साउन १९ गते बस्नेगरि प्रतिनिधि सभा बैठक स्थगित

लोकपथ
119
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजेबाट शुरु भएको बैठक आगामी साउन १९ गते मंगलवार बस्नेगरि स्थगित भएको हो ।

आजको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्यान तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश गरेका थिए । भने आज शुन्य र विशेष समयमा सांसदहरुले सम्बोधन गरेका थिए ।

अर्को बैठक मंगलवार दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले सभालाई जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?