एसपी यादव/ सर्लाही चैत १९ – हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंलाई फोनबाट पच्चीस लाख रुपैयाँ फिरौती रकम माग गर्ने योजनाको मुख्य योजनाकार प्रमोद बैठालाई सर्लाही प्रहरीले मलङ्ग्वा नपाको वडा नं. ८ बाट आइतबार पक्राउ गर्न सफल भएका छन् ।२६ वर्षीय बैठाले मेयर प्रसाईंसँग २५ लाख रुपैयाँ फिरौती रकम माग गरेको सर्लाही प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी गराएका छन् ।बैठाले सर्लाही क्षेत्र नं. ४ (क) को विधायक बिरेन्द्र प्र. सिंहलाई समेत फोन गरि फिरौती मागेका थिए ।बैठाले आफू जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समुहको भनेर फिरौती माग्ने गरेको र फिरौती बापतको रकम नदिए ज्यान मार्ने तथा अपहरण समेत गर्ने धम्की दिदै आएको मेयर प्रसाईंले बताए ।बैठा २०७४ फागुन १२ गते राती १ बजेको समयमा हरिवन नपाको वडा नं. ११ घुर्कौली घर भएका वर्ष १८ को महावीर तामाङमाथी भएको गोलि प्रहार घटनामा समेत सन्लग्न रहेका छन् ।जिल्ला रौतहट साविक कर्कच कर्मैया वडा नं. ३ हाल देवाही गोनाही नपाको वडा नं. ६ स्थायी ठेगाना भएका बैठा रौतहट जिल्लामा पनि अपराधिक गतिविधिमा सन्लग्न भइ कारागार समेत चलान भएकोले पेशेवर अपराधी हुन ।प्रवक्ता डिएसपी थापाका अनुसार – बैठामाथी गोलि हानी घाइते बनाएका, फोनबाट फिरौती मागेका र अपहरण उधोग लगायतका मुद्दाहरु विचाराधीन रहेका छन् ।साथै सर्लाही प्रहरीले ज्यान मार्ने र अपहरण गर्ने धाक धम्की दिएको घटनाका फरार २ जना प्रतिवादी समेतलाई विभिन्न मितिमा पक्राउ गर्न सफल भएका छन् ।पक्राउ पर्नेमा जिल्ला रौतहट साविक गाविस समनपुर वडा नं. ८ हाल जिल्ला सर्लाही बरहथवा नपा वडा नं. ६ बस्ने वर्ष ४२ को नागेन्द्र यादव र जिल्ला रौतहट साविक गाविस समनपुर वडा नं. ८ हाल गढिमाइ नपा वडा नं. १ बस्ने वर्ष ६५ को जोगेन्द्र यादव रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया