हुने भयो दुई माओवादीको एकता

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले  क्रान्तिकारी पार्टीहरुबीच एकता हुने बताएका छन् ।उनले नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नयाँ शक्ति पार्टीबीचको  गठबन्धनलाई ‘प्रतिक्रियावादी  सत्तामा जानेहरुको गठबन्धन’को  संज्ञा दिँदै उनीहरु बाम शक्ति हुनै नसक्ने टिप्पणी गरे ।पार्टीको पोखरामा आजदेखि सुरु भएको पहिलो राष्ट्रिय सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै वैद्यले भने, ‘प्रतिक्रियावादी शक्तामा जानेहरु बाम शक्ति हुन सक्दैनन् ।  अब क्रान्तिकारी शक्तिलाई बलियो बनाउने दिशामा असली क्रान्तिकारीहरु लाग्छौं ।’क्रान्तिकारी शक्तिहरुबीच एकता गर्न  विप्लव नेतृत्वको नेकपा र ऋषि कट्टेलको नेकपासँग वार्ता भइरहेको भन्दै छिट्टै निष्कर्षमा पुगिने सो क्रममा वैद्यले खुलासा गरे ।‘क्रान्तिकारी पार्टीहरुबीच एकता हुन्छ ।  यसका लाथि विप्लव र ऋषि कट्टेलको  नेकपासँग कुराकानी भएको छ । छलफललाई  छिट्टै नै निश्कर्षमा पुर्याएर एकता गर्छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?