नवनियुक्त लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदबहाली

लोकपथ
104
Shares

लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले पदबहाली गरेका छन्।
शेरचनले शुक्रबार प्रदेश प्रमुख कार्यालयमा पदबहाली गरेका हुन्।

पदवहाल गर्दै प्रदेश प्रमुख शेरचनले संविधानलाई आफू अनुकुल व्याख्या गर्ने र मिच्ने काम कतैबाट गर्न नहुने र आफूले पनि जिम्मेवारीमा रहँदासम्म संविधानभन्दा बाहिर गएर कुनै काम नगर्ने प्रतिवद्धता व्यक्त गरे। उनले भने,‘ संविधानभन्दा माथि कोही पनि नभएको र संविधान मिच्ने काम कहिकतैबाट हुन दिन्न।’

गत मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी प्रदेशको तेस्रो प्रदेश प्रमुखको रूपमा शेरचनलाई नियुक्त गरेकी थिइन्।

यसअघि गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी वहन गरिसकेका शेरचनले लुम्बिनी प्रदेश प्रमुखको रूपमा साझा सहमती र सहकार्यका साथ अगाडि बढ्ने समेत बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?