संसदमा प्रदिप गिरीको प्रश्न : ‘दलहरुले किन साझा विदेशी नीति बनाउन सक्दैनन् ?’

लोकपथ
221
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदिप गिरीले सबै दलहरु मिलेर साझा विदेशी नीति बनाउनु पर्नेमा जोड दिएका छन् ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गिरीले अन्य देशहरुले नेपाललाई आ(आफ्नै तरिकाले हेर्ने गरेको बताउँदै नेपालले पनि विदेशी नीतिका विषयमा साझा रणनीति बनाउनु पर्नेमा जोड दिएका हुन् ।

वर्तमान समयमा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा सांसदहरुको आ-आफ्नै तर्क विर्तक भएको बताउँदै नेपालले त्यसलाई एक ढिक्का भएर आफ्नो साझा धारणा पेस गर्नुपर्ने उनको भनाइ रहेको छ ।

‘भारत चीन अमेरिका र अन्य राष्ट्रहरु ती देशहरुमा विदेशी नीतिका शिलशिलामा उग्र राष्ट्रवादको भाषा प्रयोग गरिन्छ । ती राष्ट्रहरुको नेपालप्रति जुन दृष्ट्रिकोण छ त्यो छुट्टै र आफ्नै छ ।’ उनले भने- ‘सरोकारावाला दलहरुले किन साझा विदेशी नीति बनाउन सक्दैनन् ।’

त्यस्तै भूगोलका हिसावले नेपाल भारत र चीनभन्दा साना भएपनि स्वाभिमानका हिसावले नेपाल सानो नभएको बताए ।

हामी भूगोलको हिसावले साना छैनौ । भारत र चीनको अघि मात्रै हामी साना देखिएका हौ । हामी गरिब छौँ तर दरिद्र छैनौ । मानसिकता मात्रै दरिद्र छ । सांसद गिरीले भने ।

त्यस्तै नेपाल आत्मनिर्भरी बन्नका लागि आफ्नै साधन स्रोतको प्रयोग गर्न सकिने बताउँदै भारत, चीन लगायतका देशहरुसँगको नीति स्पष्ट बनाएर बहस गर्नुपर्नेमा जोड दिए ।

‘हामी आत्मनिर्भरी बन्नका लागि हाम्रै पूर्वाधारहरुलाई प्रयोग गरेर गर्न सकिन्छ । पहिले हामी साझा नीति बनाउँ । भारतका प्रति चीनका प्रति अनि बहस गरौँ । कुन नीति राख्ने कुन नीति नराख्ने ?’ उनले भने ।

शुरुमा सांसद गिरीले वर्तमान सरकारलाई बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?